२१ बैशाख । रौतहटमा अब सर्जिकल मास्क ५ रुपैयाँ बिक्रि गर्नु पर्ने भएको छ । मास्कको मुल्य खरिद गरेको भन्दा तेब्बरमा बिक्रि गरेको नागरिकहरुबाट गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले रौतहट उद्योग बाणिज्य संघलाई मास्कको मुल्य निर्धारण गर्न अनुरोध गरेको थियो । रौतहट उद्योग बाणिज्य संघले मास्कको मुल्य ५ रुपैयाँ तोकेकोले अब रौतहटमा १० रुपैयाँ विक्रि हुदै आएको मास्क ५ रुपैयाँ बेच्नु पर्ने भएको छ ।

तोकिएको मुल्यभन्दा बढीमा मास्क बिक्रि गरेृको पाइएमा जिल्ला प्रहरी कार्यालयले कारवाही गर्ने जनाएको छ । सर्जिकल मास्कलाई ५ रुपैयाँ विक्रि गर्न समेत मास्क विक्रि गर्ने गराउने पसलहरुलाई संघले अपिल गरेको रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालले बताउनु भयो ।

उद्योग बाणिज्य संघ रौतहटले खाद्यान्न सामग्रीको कृतिम अभाव नगर्न ब्यावसायीहरुलाई अपिल गरेको छ । उद्योग बाणिज्य संघ रौतहटले मंगलबार एक सुचना जारी गर्दै कोरोना संक्रमणको मौका छोपी यो संकटको घडिमा अति आवश्यक खाद्यान्न लगायतका सामग्रीहरुको कृतिम अभाव सृजना नगरि उचित मुल्यमा विक्रिबितरण गर्न ब्यावसायीहरुलाई अनुरोध गरेको हो ।

हाल रौतहट लगायत मुलुकभर कोरोना संकटले नागरिकहरुको जीवन समेत संकटमा परेकाले आ—आफ्नो स्तरबाट सहयोग गर्नु पर्ने भएकाले सोही अनुसार नागरिकहरुलाई सक्ने सहयोग गर्न समेत जयसवालले आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here