२१ रौतहट  बैशाख । रौतहटको चन्द्रपुर नगरपालिकाको मंगलपुरमा मंगलबार कोरोनाबिरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित मंगलपुरमा लायन्स क्लव अफ पौराइको आयोजना तथा पौराइ प्रहरी चौकी र अस्थायी ट्राफिक पोष्ट पौराइको सहकार्यमा सचेतनाका साथै मास्क वितरण कार्यक्रम सम्पन्न भएको गौतम खड्काले बताउनु भयो ।

कोरोना संक्रमण दर बढ्दै गइरहेको भएतापनि स्थानिय नागरिकहरुले मास्क प्रयोग नगरि हिडडुल गर्न थालेपछि आम नागरिकहरुलाई सचेतनाका साथै मास्क समेत वितरण गरिएके खड्काले बताउनु भयो । मंगलपुर टोलको घरघरमा पुगेर घर बाहिर निस्कदा मास्क प्रयोग नगरेका नागरिकहरुलाई मास्क वितरण गरेको लायन्स क्लव अफ पौराइले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here