१२ बैशाख पर्सा । पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ ।
शनिबार साँझ ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए ।

मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए । बाघको मृत्युको कारण भने खुलीनसकेको उनले जानकारी दिए ।

सोही सामुदायिक वन क्षेत्रमा गत बिहीबार बाघको आक्रमणमा परी एकजना स्थानीय घाइते भएका थिए ।१२ बैशाख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here