१२ बैशाख रौतहट। रौतहटको दुर्गा भगवती गाउपालिकामा अग्नि पिडितलाई माओवादीको युवा नेता शम्भु सिंहले खाद्यान्न सहयोग गर्नु भएको छ ।

आईतबार रौतहटको दुर्गा भगवती गाउँपालिका अध्यक्ष पदको प्रत्याशी समेत रहेको शम्भु सिंहले सोही गाउपालिकाका वडा नं. ४ पचरुखिका अग्नि पीडित बिगु बैठालाई खाद्यान्न सामाग्री सहयोग गर्नु भएको हो । शुक्रबार राती करिब १ बजेको समयमा बैठाको घरमा आगलागी भएको थियो ।

आगलागी पिडित बिगु बैठाको करिब १० लाख बराबरको अन्न तथा चौपाया भैंसी गोरु पुर्ण रुपले जलेर नस्ट भएको थियो । घटनाका पिडित बैठा परिवारलाई युवा नेता सिंहले केन्द्र र प्रदेश सरकार बाट सहयोग गर्ने अशवासन सहित विभिन्न दात्री निकाय र सरोकारवाला निकायसंग थप सहयोगको लागी अपिल तथा पहल समेत गर्ने प्रतिबद्धता गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here