1205778418

१२ बैशाख काठमाडौं । पछिल्लो चौबीस घण्टामा ३ हजार १ सय २२ जना कोभिड १९ संक्रमित थपिएका छन् । १० हजार १३२ वटा नमूनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनाको नतिजा पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ३ लाख २११ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ४५० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ५८२ पुगेको छ । अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या १९ हजार ९५० पुगेको छ भने हजार ६९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here