१२ बैशाख धनुषा ।धनुषामा ग्रामीण सडकमा भयानक मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका ८ कुसुमविसौनामा तिव्रगतिमा चलाइरहेको दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा कुसुनविसौनाका स्थानीय युवक २० वर्षका भोला महतो र स्थानीय वर्ष २६ का सुनिल शर्मा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।
प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल आइतबार दिउँसो १ बजेको समयमा ठोक्कएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने दुबै मोटरसाइकल चालक हुन् । दुर्घटनामा गम्भीर घाइते दुबै युवकलाई उपचारको लागि जनकपुर लग्ने क्रममा एकजना युवकको बाटोमै र अर्का युवकको जानकी हेल्थकेयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकलमा पछाडि सवार वर्ष २५ को संन्तोष महतो समेत गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए । उनको उपचार लालगढ स्थित मोडेल अस्पतालमा भइरहेको छ ।

दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजान लागिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here