महोत्तरी ११ वैशाख।
महोत्तरीबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १ का ३९ वर्षीय शोम मगर र गौशाला नगरपालिका ७ का ५६ वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरीले जनाएको छ । सिकार खेल्न गएको बेला पूर्वपश्चिम राजमार्ग अन्तर्गत मरहा खोला भन्दा दक्षिण जंगलबाट दुबैजनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । उनीहरुको साथबाट चढेर गएको ज ७ प ३३२९ नम्बरको मोटरसाईकल, बन्दुकमा प्रयोग हुने सयग्राम बारुद, केहि फलामको छर्रा बरामद गरेको छ । दुबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।