रौतहट ९ बैशाख । बुधवार राति आएको अविरल बर्षा र चट्याङ्गको कारणले गर्दा रौतहटमा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गुजारा नगरपालिकाको वडा न ७ पल्टुवाको ४७ बर्षिय लक्षमण महरा रहेको छ ।
लक्ष्मण महरा आफ्नो आफ्नातो घरमा बिहेमा आएको र उनको आज बिहान ५ बजे शौच गर्नको लागि चौरमा गएको बेला चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।शवलाई पोस्ट म्यार्टमको लागि चन्द्रनिगाहपुर अस्पताल पठाईएको छ ।








