रौतहट ८ बैशाख ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा बुधबार एक मन्दिरको उद्घाटन गरिएको छ । इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले बुधबार सो मन्दिरको उद्घाटन गर्नु भएको हो । इशनाथ नगरपालिकाको वडा नम्बर ३ औरैयामा नगर स्तरीय योजना अन्र्तगत १३ लाख को लागतमा मन्दिर निर्माण सम्पन्न भएको हो । बुधबार एक कार्यक्रमका बिच मन्दिरको उद्धघाटन सम्पन्न भएको नगर प्रमुख मेहताले बताउनु भयो । नगर क्षेत्रमा भौतिक विकाससंगै धार्मिक तथा सांस्कृतिक विकास पनि आवश्यक रहेकोले मन्दिर निर्माण गरिएको मेहताको भनाइ रहेको छ । मेहताले धार्मिक पर्यटन विकास गर्न इशनाथ नगरपालिकाका स्थानियको ठुलो भुमिका रहेको उल्लेख गर्नु हुदै सांस्कृतिक संरचनाहरुको दिगो संरक्षणमा जुट्न स्थानियवासीलाई आग्रह समेत गर्नु भयो । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रामकैलाश राउत, रामबाबु राय यादव तथा स्थानियको उल्लेखनिय सहभागीता रहेको थियो ।








