वीरगञ्ज ९ वैशाख ।
वीरगञ्जबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजुराना मगरलाई पक्राउ छन् ।भारत रक्सौलबाट आउँदै गरेको अवस्थामा वीरगन्ज १६ शंकराचार्य गेटबाट प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट पेस्तोल १ थान र पाइन्टको खल्तीमा लुकाइराखेको सोही पेस्तोलमा लाग्ने २ थान खाली म्याग्जिन बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पेस्तोलसहित पक्राउ परेका मगरलाई हात हतियार सम्बन्धी मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here