रौतहट ८ बैशाख ।
रौतहट जिल्लाको राजपुर नगरपालिकामा एआरभि खोप कुकुर , स्याल आदीको टोकाइ बिरुद्धको खोपको बुधबार उद्घाटन सम्पन्न भएको छ । राजपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एआरभी खोप कुकुर,स्याल आदीले टोकेपछी विरुद्धको खोपको बुधबार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव तथा नगर प्रमुख शेख सकिल अख्तरले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । सो खोप जिल्ला अस्पताल गौरमा सेवा लिदै आएका स्थानियलाई कठिनाइ भोग्दै आएका थिए । बुधबारबाट विधिवत रुपमा नै राजपुर नगरपालिकामा नै खोप लिने पाउने भएपछि उनीहरु खुशी भएका छन । राजपुरस्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा बुधबारबाट कुकुर तथा स्यालको टोकाइ बिरुद्धको खोप लगाउन पाइने भएको छ । प्रत्येक महिनामा ५० वटा खोप आउने र विरामी संख्या थपिएमा राजपुर नगरपालिकाले बजेट विनियोजन गरेर एआरभी खोप खरिद गरि नागरिकहरुलाई सेवा प्रवाह गर्ने नगर प्रमुख अख्तरले बताउनु भयो । कुकुर ,स्याल आदीले टोकाइ विरुद्ध खोप शुभारम्भ कार्यक्रम राजपुर नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो । नगर प्रमुख शेख सकिल अख्तरको अध्यक्षता सम्पन्न कार्यक्रममा विशिष्ट अतिथीउपमेयर , निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर,जिल्ला जन स्वास्थ्य कार्यालय रौतहटको प्रमुख लगायत स्वास्थ्य कर्मी प्रहरी प्रशासन लगायत नगरवासीको बाक्लो सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here