रौतहट ६ बैशाख ।
रौतहटको चन्द्रपुरस्थित पौराइमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित पुर्वपश्चिम राजमार्ग अन्तर्गत पौराइमा सोमबार टिफरले मोटरसाइकललाई ठक्कर दिएको हो । टिफरको ठक्करबाट सिन्धुलीको हरिहरपुरगढीको वडा नम्बर ७ का ३० बर्षिय सोमलाल स्याङ्तानको मृत्यु भएको हो । सोही स्थानका २१ बर्षिय संजिव वाइवा घाइते हुनु भएको छ । वाइबाको चन्द्रपुर अस्पतालमा उपचार पछि थप उपचारका लागि अन्यत्र पठाइएको जनाइएको छ । बा ५८ प २७९५ नम्वरको मोटरसाइकललाई ना ७ ख २९८३ टिफरले सोमवार दिउँसो ठोक्कर दिएको हो । घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here