३१ चैत ।
कुनै पनि फिल्डमा सफलताको लागि संघर्ष गर्न जरुरि हुन्छ। संघर्ष पछि जुन लक्ष्य प्राप्त हुन्छ त्यसको आनन्द नै बेग्लै हुन्छ । सपना त् सबैले हेर्छ तर सपना त्यसकै पुरा हुन्छ जो सपनालाई बासताबिकमा बदल्न चाहन्छ र त्यसको लागि कडा मिहिनेत गर्ने आवशयकता हुन्छ त्यसतै हो नेपालको एउटा संघर्षरत अभिनेत्री नीतू कोइरालाको कथा छ ।
नेपालको राजधानी काठमाडौँ घर भएको नीतू कोइराला विगत १२ साल देखि नेपालि फिल्म इंडस्ट्री, मॉडल, एक्ट्रेस डांसरको रुपमा काम गरिसकेकी छिन । नीतू कोईराला भारतको मुंबई, हरियाणा, दिल्ली, पंजाब, करनाल, देहरादून लागेत भारत र नेपालको बिभिन्न ठाउँमा आफ्नो अभिनय गरेर दर्शकको मन जित्न सफल भएकी छिन । नीतू कोईरालाले भारत र नेपाल नेपाल बाट बेस्ट एक्ट्रेस अवॉर्ड, दादा फालके अवॉर्ड , फेस राष्ट्रीय गौरव अवॉर्ड 2021, महात्मा गांधी एक्सीलेंट अवार्ड 2021,
नेशनल कांफ्रेंस अवार्ड समिट 2021, प्रवासी नेपाली संघ अवॉर्ड, बेस्ट सोशल वर्कर अवॉर्ड, वर्ल्ड ह्यूमन राइट्स काउंसिल एक्सीलेंट नेशनल अवार्ड, मदर टेरेसा इम्यूनिटी अवार्ड , नारी रत्न सम्मान 2021 को साथ् साथै अहिले सम्म सयौं अवॉर्ड प्राप्त गरेकी पहिलो नेपालि अभिनेत्री समेत बनेकी छिन ।
नेपाल भारत लगाएत दुबई र कतार बाट पनि कयौं अवार्डले सम्मानित भएकी छिन । अभिनेत्री नीतु कोईराला सामाजिक कार्य, एडवरटाइजिंग, मिसेज नेपाल सौंदर्य प्रतियोगिता पार्टिसिपेंट, भोजपुरी शॉर्ट मूवी, लगाएत ७० भन्दा बढी स्टेज शो समेत गरिसकेको छ ।







