जनकपुर । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले कर्मचारीहरुको स्तरवृद्धि नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य सेवा ऐन २०५३ र कर्मचारी समायोजन ऐन २०७५ को प्रावधान विपरीत स्थानीय तहमा समायोजन भई आएका स्थानीय तहमा कार्यरत्त चौथो र पाँचौ तहका स्वास्थ्यकर्मीहरुको स्तरवृद्धिबाट स्थानीयहहरुले बञ्चित गरेको मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले आरोप लगाएको छ ।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका अध्यक्ष विनोद यादवले एक प्रेस विज्ञप्ति जारी गरी मधेश प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा संचालन)ऐन २०८१ ल्याइएको हुँदा हजारौ राष्ट्र सेवक स्वास्थ्यकर्मीहरु स्तर वृद्धिबाट बञ्चित भएको आरोप लगाएका छन् । अध्यक्ष यादवले स्वास्थ्यकर्मीहरुको वृति विकास सुनिश्चित गर्न मधेश प्रदेश सरकारसंग माग समेत गरेको छ ।
सो ऐन संशोधन गरी स्वास्थ्यकर्मीहरुको अवरुद्ध स्तर वृद्धि सुचारु नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् र यसवाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्तर वृद्धिको माग गर्दै यहाँका स्वास्थ्यकर्मीहरु प्रदेश सरकार विरुद्ध केही दिन देखि आन्दोलित भएका छन् । तर, प्रदेश सरकारले यस आन्दोलनको बिषयमा आफ्नो धारणा समेत राख्न सकेका छैनन् ।
०००००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here