सर्लाही, ३१ चैत।
सर्लाहीमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका– १५ पिप्राभित्ता बस्ने ५० वर्षीय भिखारी साह र सोही मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक ४० वर्षीय प्रकाश सहनी छन् । मंगलबार मध्याह्न बागमती नगरपालिका– ८ शंकरपुरस्थित गाँजलीचोकमा ज १ त १५७४ नम्बरको ट्र्याक्टरको ठक्करबाट बीआर ३० एम ३४५२ नम्बरको मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ । बागमती खोलाबाट बालुवा बोकेर पश्चिमतर्फ जाँदै गरेको ट्र्याक्टरले बागमतीबाट बरहथवातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here