पर्सा, २९ चैत ।
पर्सामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ठोरी गाउँपालिका(४ गोपीवस्तीका १९ वर्षीय अभिषेक गोलेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउको, खुट्टा र हातमा चोट लागेका उनलाई नारायणी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एल।एस। न्युरो अस्पताल पानीट्याङीमा रिफर गरिएको थियो । न्युरो अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । शनिबार राति ९ बजेतिर भएको घटनामा ठोरी(४ का २२ वर्षीय मधु गोले, १७ वर्षीय सञ्जय लामा र १३ वर्षीय आनन्द परियार र जीराभवानी गाउँपालिका(३ नौका टोलाका ४५ वर्षीय राम सिंह चौधरी घाइते भएका छन् । मोटरसाइकल चालक चौधरी सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा छन् भने अन्य घाइतेको न्युरो अस्पतालमै उपचार चलिरहेको छ । मधुको टाउको, हात र खुट्टामा, आनन्दको हातमा र सञ्जयको टाउको र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । शनिबार साँझ वीरगञ्ज ठोरी हुलाकी सडकखण्डअन्र्तगत गोपीवस्तीमा पैदल हिँडिरहेका ४ जनालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । साँझ विजयवस्तीबाट जीराभवानी गाउँपालिका३, नौकाटोला जाँदै गरेका चौधरी सवार ग९प ९५८७ नम्बरको मोटरसाइलले उनीहरुलाई ठक्कर दिएको थियो । वीरगञ्ज(ठोरी हुलाकी सडक खण्ड कालोपत्रे भएपछि ठोरीमा मोटरसाइकल दुर्घटनाको दर बढेको स्थानीयले बताएका छन् ।
अधिकांश दुर्घटना मादक पदार्थ सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा हुने गरेको डीएसपी कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here