रौतहट २९ चैत । नेपाल सोनार समाज सेवा समिती द्धारा नगर स्तरीय दोस्रो अधिवेशन कटहरियामा संम्पन भएको छ ।जिल्ला कार्य समितीको आयोजनामा कटहरिया वडा नम्बर ५ स्थित श्री प्राबिको प्राङ्गणमा कटहरिया नगर भित्र रहेका सोनारहरुलाई अधिवेशनबाट छनौट गरि समिती गठन गर्नु पर्ने भएकाले सोनारहरुको भेला बोलाईएको थियो ।

राजनरायण साह सोनारको अध्यक्षतामा प्रमुख अथिती जिल्ला कार्य समिती अध्यक्ष जयकिशोर साह, बिशिष्ट अथिती नेपाल सुन चांदी ब्यवस्याई संघ प्रदेश नं। २ का अध्यक्ष रामजी साह सोनार अथितीहरुमा बिभिन्न संघ सस्थामा आवध सोनार जातीका अगुवा कार्यकर्ताहरुको बिषेश उपस्थिती रहेको थिए कार्यक्रममा बोल्दै बिशिष्ट अथिती रामजी साहले सोनार जातीहरुको उत्थानको लागि सबैले एक हुनुपर्ने धारणा राखेका थिए ।

कुनै पनि संगठन बनाउनका वा चलाउनको लागि एकता र संगठनको आवश्यकता रहेको भन्दै संगठित हुन सबैलाई अनुरोध गर्नु भयो ।वहाले जबसम्म सोनारहरु संगठित हुदैन तबसम्म राज्यको सबै निकायबाट अधिकार पाउदैन त्यसका कारण सबैजना एक जुट भई आफनो अधिारको लागि संर्घष गर्नु पर्ने बताए ।

जिल्लाका प्रत्यक स्थानियतहमा रहेका सोनारहरुको संगठित गर्न अधिवेशन गर्न लागिएको बताएका छन । कार्यक्रममा सोनार जातीका अगुआ नेताहरुले जातीको उत्थानका बिषयमा बढी केन्द्रित भएर बोलेका थिए ।साथै सोही कार्यक्रममा आगलागि पिडित किशोर साहलाई राहत स्वरुप नगद २३ हजार ८०० सय रुपैया आर्थिक सहयोग गरेका छन ।

किशोरको बितेको होलीमा घरमा अचानक आगलागी भई जलेका थिए । कार्यक्रममा कटहरियाका सुन चांदी ब्यपारी कामेश्वर साह, खोभारी साह,रामप्रबेश साह लगाए सोनार जातीका नेता कार्यकर्ताहरुको बिषेश उपस्थित्ी रहेको थियो ।साथै सोही कार्यक्रमबाट हेमलाल साहको अध्यक्षतामा १३ सदस्यीय कटहरिया नगकमिटी गठन गरिएको छ।

कमिटीको उपाध्यक्षमा अजय,राधेश्याम साह,कोषाध्यक्ष राम बरण साह,सचिव गुडु साह,सहसचिव,रामबालक साह,सदस्यहरुमा बिन्दा साह,रामबालक साह,श्याम सुन्दर साह,बिरेन्द्र साह, राजेश साह , महिला सदस्यमा उर्मिला देवी साह,लालबत्ती देवी साह लगाएकाहरुलाई चयन गरिएको जयकिशोर साहले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here