महोत्तरीमा ट्याक्टर पल्टिँदा ट्याक्टर चालकको मृत्यु भएको छ । शनिवार औरही नगरपालिका १ मा अनटेस्ट ट्रयाक्टर दुर्घटना हुँदा सोही ट्रयाक्टरका चालक ४० वर्षीय विजय महतो सुडिको मृत्यु भएको हो ।

आफ्नै खेतबाट गहुँ ल्याउन जाँदा स्थानीय पोखरीको नजिक भएको दुर्घटनामा परी गम्भीर घाइते भएका विजयको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने शवलाई पोस्टमार्टमको लागि जलेश्वर पठाइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here