काठमाडौं,१०,मंसिर ।

केपी ओली कप टी–२० क्रिकेटमा कुशल भुर्तेलको शतक मद्दतमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ५७ रनले हराएको छ ।पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनायो ।पुलिसका ओपनर ब्याटर कुशल भुर्तेलले १०२ रन बनाए । उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका हुन् ।अर्का ओपनर सुनिल धमलाले ४७ बलमा ४ चौका सहित ४५ रन बनाए । करण केसी १६ र कप्तान आरिफ शेख ६ रनमा अविजित रहे ।मधेशका लागि विशाल पटेल र विशाल शुस्लिङले समान २/२ विकेट लिए ।पुलिसले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको मधेश १८.२ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो । मधेशका लागि रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२ तथा रोहन विक र राकेश कमाटले समान १० रन बनाए ।पुलिसका लागि बलिङमा करण केसी, रशिद खान, ललित राजवंशी र सागर ढकालले समान २/२ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले समान १/१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here