पर्सा २७ चैत ।
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पर्साबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका(४ पश्रामपुरका ४५ वर्षीय तवारख देवान, ६० वर्षीय जोखन साई फकिर र आदर्शनगर(१० का ५० वर्षीय उमेश शर्मा रहेका छन् । वीरगन्ज महानगरपालिका(१० रानीघाट सडकखण्डबाट मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना १२ प ५०७३ नम्बरको मोटरसाइकलमा जाँदै गरेको अवस्थामा देवान र साईलाई प्रहरीले पक्राउ गरेको थियो । तिनै जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा बिहीबार पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले उनीहरूलाई सात दिन थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ ।
थप सामग्री ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here