विराटनगर २७ चैत ।
घुस लिएको आरापेमा सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् एक प्रहरी जवानलाई पक्राउ गरिएको छ ।
उजुरी मिलाइदिने बहानामा ४० हजार घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कासिन्दर यादवलाई बिहीबार नै नियन्त्रणमा लिएको आयोगले जनाएको छ । अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई विराटनगर महानगरपालिका वडा नम्बर ४ नोबेल मेडिकल कलेजको गेट नजिकबाट ४० हजार नगदसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here