रौतहट २७ चैत ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा रहेको श्री जन्ता मा.वि.कटहरियामा छात्रवृत्ति वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको मावि विधालयका कक्षा १ देखि कक्षा ८ सम्मका अध्ययनरत्त विद्यार्थीहरूलाई विहिवार छात्रवृत्ति वितरण गरिएको छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुश्वाहा , विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु , शिक्षक , कर्मचारी , पत्रकार लगायत अन्य भद्रभलादमीहरुको उपस्थितीमा छात्रवृक्ति रकम वितरण गरिएको विधालयका प्रधानाध्यापक योगेन्द्र कुशवाहाले जानकारी गराउनु भयो । विधालयमा अध्ययनरत दलित छात्र,दलित छात्रा र अन्य सम्पूर्ण छात्राहरूलाई २०७७ सालमा प्राप्त छात्रवृक्ति रकम २ लाख सात हजार छ सय वितरण गरिएको लेखापाल सुरेन्द्र यादवले जानकारी गराउनु भयो । छात्रवृत्ति वितरण गरिएको मध्ये कक्षा १ देखि कक्षा ५ सम्म रू २ सय ५० का दरले र कक्षा ६ देखि कक्षा ८ सम्म रू।३ सयका दरले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो प्रअ कुशवाहाले बताए । सो अवसरमा विधालय व्यवस्थापन समितिका सदस्य ल्याकत मियाँ चुरिहार , शिक्षकहरु चन्द्रिका दास , अचल कुमार शाही , कौशल किशोर कुश्वाहा , राअज्ञा प्रसाद यादव , राकेश कुमार शर्मा सहितका दर्जनौं व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here