रौतहट २७ चैत ।
रौतहटको मौलापुरमा आधारभुत स्वास्थ्य चौकीको उद्घाटन तथा स्वास्थ्य भवनको शिलान्यास शुक्रबार सम्पन्न भएको छ । मौलापुर नगरपालिकाको वडा नम्बर २ स्थित चिरचिरियामा स्वास्थ्य चौकीको उद्घाटन र वडा नम्बर ७ को पिपरियामा आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको हो । रौतहटका अन्य नगरपालिका भन्दा मौलापुर विकासमा एक कदम अगाडी रहेको दावी गर्नु हुदै नगर प्रमुख रिना कुमारी साहले नमुना नगरपालिका बनाइ छाड्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्यक्रममा नगर उपप्रमुख गौरी शंकर जयसवाल , वडा अध्यक्ष रामपुकार साह , अन्य जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here