रौतहट २७ चैत ।
रौतहटको बृन्दावन नगरपालिकाको एक विद्यालयमा शिक्षकमाथी निर्घात कुटपिट भएको छ । बृन्दावन नगरपालिकाको वडा नम्बर ४ स्थित सरस्वती मावि हर्दिया पल्टुवाका शिक्षक कैलास यादवमाथी शुक्रबार सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत रुपेश यादवसहित ३÷४ जनाको समुहले कुटपिट गरेको शिक्षक कैलास यादवले बताउनु भयो । विहिबार नियमित कक्षा सञ्चालनको क्रममा होहल्ला गरेकाले आफुले सम्झाइबुझाइ गरेको तर सोही कुरालाई लिएर शुक्रबार शिक्षक यादव बिहान विद्यालय जादै गर्दा बाटो डुकेर लठ्ठीले पिटन थालेपछि आफु सवार साइकल छाडेर भाग्दै गर्दा विद्यालय जादै गरेका अन्य विद्यार्थीहरुले संरक्षण गर्दै विद्यालयसम्म पुगी ज्यान जोगाउन सफल भएको शिक्षक कैलास यादवले बताउनु भएको छ । शरिरका विभिन्न स्थानमा चोट लागेको र अहिले चन्ँद्रनिगाहपुरस्थित जनता सामुदायिक अस्पतालमा उपचारमा रहेको उहाले बताउनु भयो । विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्न विद्यालयमा जादै गर्दा कुटपिट भएको र आफुले त्यस्तो कुनै गल्ति नगरेका निर्दोस रहेको बताउनु हुदै कुटपिट गर्ने विद्यार्थीहरुलाई कारवाही गरि न्याय पाउनु पर्ने शिक्षक यादवको माग रहेको छ । कुटपिट गर्ने विद्यार्थीहरुलाई विद्यालयबाट नियकासनको तयारीमो रहेको स्थानिय बैजु यादवले बताउनु भयो ।








