रौतहट १९ चैत ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा प्रहरीले हवाइ फायर गरेको छ । सो नगरपालिकाको बलेरीमा स्थानीय सन्देश सहनीको छोराको छठियारमा डिजे सहित नाच भइरहेको बेला प्रहरीले डिजे बन्द गर्न भनेपछि स्थानीय र प्रहरी बिच हात हालाहालको अवस्था आएको थियो । प्रहरीले भिड नियन्त्रण गर्न हवाइ फायर गरेको स्थानीयले बताए । प्रहरीले केही स्थानीयलाई पक्राउ गरेको स्थानीयले बताए । सो बिषयमा बुझन ईलाका प्रहरी कार्यलय गरुडामा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । घटनाको थप बिबरण आउन बाकी रहेको छ । घटना बुधबार रातीको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here