चैत १८ बारा ।बाराको कोल्हवी नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार राति ७ बजेको समयमा कोल्हवी नगरपालिका वडा नम्बर १ निकासमा ना ५४ प ६८५१ र विपरीत दिशाबाट आएको ज ७ प ६०३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा ना ५४ प ६८५१ नम्बरको मोटरसाइकलका चालक कोल्हबी नगरपालिका ६ अधनवा बस्ने १८ वर्षका विकाश चौधरीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

ज ७ प ६०३६ नम्बरको मोटरसाइकलको पछाडि बसेका ४५ वर्षका रामचन्द्र चौधरी घाइते भएको र उनको पारस अस्पताल कोल्हबीमा उपचार भइरहेको मिश्रले बताए ।

दुर्घटनामा ज्यान गुमाएका विकाशको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको तथा अर्का मोटरसाइकल चालक शम्भु चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here