सर्लाही- आधुनिकतासँगै लोपन्मुख अवस्थामा पुगेको तराई मधेसको धरोहरका रूपमा रहेको मौलिक होलीलाई पुनःस्थापना गर्नका लागि सर्लाहीको बबरगन्जमा चन्द्रनगर मौलिक होली आयोजना गरिएको छ ।

तराई मधेसमा लोप हँुदै गइरहेको परम्परागत मौलिक होलीको संरक्षण सम्बद्र्वन गर्ने उद्देश्यले सर्लाहीको बबरगन्जमा प्रदेश २ प्रमुख राजेश झा को प्रमुख आतिथ्यता र सुवंश महतोको अध्यक्षतामा चन्द्रनगर मौलिक होली महोत्सव सम्पन्न भएको छ ।


नेपालको तराई मधेसलगायत दक्षिण एसियाकै मिलनको पर्वको रुपमा रहेको होली पर्व गाउँघरमा बढ्दो पश्चिमी आधुनिकताको प्रभाव, पाश्चात्य ढंगका रितिरिवाज, संस्कृतिले नेपाली मौलिक संस्कृति होली पर्वको परम्परागत महत्व, रौनकता र मौलिकता नै हराउँदै गएको भोर नेपालको संस्थापक अध्यक्ष राजकुमार महतोले दुखेसो पोखे ।
होली पर्वमा बाहिरी संस्कृतिको प्रभावले होलीको मौलिकता हराउँदै जानुको साथै समाजमा होली मनाउने क्रममा तडक भडक गर्दा समाजमा विकृति, विसंगति र असमाजिक गतिविधि बढ्दै गएको छ , अर्कोतर्फ अर्काको देखासिकी र खर्चिलो बन्दै गएको छ । तराई–मधेसमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ पछिल्लो समय लोप हुँदै गएको छ । यो मौलिक गीत तराईका शहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित गीत हो । तर, आधुनिक संस्कृतिको प्रभाव बढेसँगै यो मौलिक गीत हराउँदै गएको छ, फागु आउन १५ दिनअघिदेख तराई–मधेशमा गुञ्जिने फागु विशेष गीत अहिले सुनिन छाडेका छन् । यससँगै होलीको रौनक पनि खस्कँदो छ ।


हाम्रो सांस्कृति र संस्कारलाई संरक्षण गरी पुर्खाहरूले श्रीपञ्चमीदेखि नै अबेर रातिसम्म मृदङ्ग, हारमोनियम र डम्फूका तालमा तराईका बस्ती÷बस्तीमा गाइने जोगिरा गित, घरघरमा पुगि खेलिने होलीलाई नयाँ पुस्ताले हेर्न पाओस भने उदेश्यले चन्द्रनगर होलीको आयोजना गरिएको महतोले बताए ।


चन्द्रनगर मौलिक होली महोत्सवमा सम्बोधन गर्दै हिन्दुहरूको महान पर्व होली पर्वलाई खुसीयाली र पारस्परिक मित्रता पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउने पर्वको रुपमा मनाउने गरेको प्रदेश प्रमुख राजेश झा ले बताए । सालभरी मनमा भएको दुख तकलिफ, कुण्ठा, परेशानि, रिषराग र शत्रुता सबैलाई बिर्सेर एक आर्कालाई रंग अबिर लगाएर मन मिलन गरिने होली पर्व एकताको प्रतिककोे रुपमा रहेकोप्रमुख अतिथि प्रदेश २ प्रमुख राजेश झा ले बताए ।


गाउँघरमा साथीभाइ जम्मा भएर कसैले होली गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्याली लगायतका वाद्यवादनका सामग्री बजाउने, आपसमा रंग र अबिर लगाएर नाच्दै रमाइलो गर्दै होली मनाउँदै गरेको छ । रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर नाचगान गर्दै एक–आपसमा रङ साटासाट गरेर होली मनाउने गरिन्छ ।होली पर्व असत्यमाथि सत्यको जितको रुपमा मनाउदै आएको बताउदै यस पर्वले समाजमा बसोबास गर्ने विभिन्न फरक फरक जातजाति, विचारधारा, समुदाय, सम्प्रदायक नागरिकहरू एकठाउँमा भेला भएर आफनो क्षमताको प्रस्तुति, सबै मिलेर खुशी सटासाट गरी पर्व मनाउनले समाजिक सद्भाव समेत कायम हुन मदत पुगेको बताए ।

आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव, होली पर्वमा कृत्रिमता, आडम्बरीपन को कारण मित्रताको ठाउँमा झै झगडाको कारण बनेको छ भने सामाजिक एकताको ठाउँमा अहंकारपन देखिन थालेको दलित अधिकारकर्मी पच्चु माफी मुसहर ले बताए ।

परम्परागत संस्कृतिको महत्व, महिमाको प्रचार प्रसार नहँुदा पनि मौलिक संस्कृति धरापमा परेका छन् । मौलिक संस्कृति, भाषाभाषी, भेषभूषा, परम्परा श्राद्ध सम्मानप्रति सबैको विचार आउनुपर्ने उहाँको तर्क छ । लोक संस्कृतिको क्षेत्रमा रम्ने र रमाउनेहरूलाई सम्बन्धित निकायले हौसला, उत्प्रेरणा दिने, कला सीपको प्रवद्र्धन गरेको खण्डमा मौलिक संस्कृतीको जगेर्ना गर्न सकिने उनको कथन रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here