रौतहट । रौतहटको गढीमाई नगरपालिकाको ऐतिहासीक भुमि समनपुरमा बिहीबार देखि फागुन बैरिया मेला महोत्सवको आरम्भ भएको छ । अंग्रेजहरुसंग भएको युद्धसित सम्बन्धित रहेका समनपुरमा प्रत्येक वर्ष लाग्दै आएको ऐतिहासिक फागुन बैरिया मेला महोत्सवको प्रदेश नं.२ का प्रदेश प्रमुख डाक्टर राजेश झाले उदघाटन गर्दै सुरु गर्नु भएको हो । सन् १८१४ देखि १६ सम्म नेपाल अग्रेजविच भएको युद्धमा स्थानिय समनपुरबासीहरुले अग्रेजलाई परास्त गरि तिनका हातरियार खोसेपछि आफुहरु विजयी भएको भन्दै खुशी मनाउनका लागि तत्कालिन समयबाट आरम्भ गरिएको मेला महोत्सव आजसम्म नियमितरुपमा संचालनमा रहदैं आएको आयोजक समितिले बताएको छ । स्थानियबासी समेत रहेको प्रदेश नं.२ सरकारका प्रमुख डाक्टर राजेश झाले आफुहरुले बाल्यकालमा आफना ठुलाबाडाहरुसंग यस स्थानको बारेमा सुन्ने गरेको र आज त्यही स्थानको संरक्षणका लागि आयोजित कार्यक्रममा आउनु आफैमा गौरवान्वीत महसुस गरेको बताए । गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले आफुहरुका लागि यो स्थानमात्र महत्वपुर्ण नभए र देशबासीकै लागि महत्वपुर्ण भएकोले यसको संरक्षण र सम्र्बद्धन गर्न सबैको दायित्व रहेको बताउनु भयो । मेला महोत्सव उदघाटनमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाली सेनाका कर्णेल, रौतहट प्रहरीका प्रमुखहरु, नजिकका नगरप्रमुख तथा प्रतिनिधीहरु लगायत उच्च पदस्तव्यक्तिहरुको सहभागीता रहेको थियो । आयोजित मेला महोत्सवमा गढीमाई नगरपालिकाले प्रदेश नं.२ का प्रमुख तथा स्थानिय डाक्टर राजेश झा अहिराजलाई दोसल्ला तथा सम्मानपत्र दिई सम्मान गरेको छन् । बिहीबारबाट आरम्भ मेलामा रौतहटका विभिन्न स्थान तथा छिमेकी जिल्ला सलार्हीका विभिन्न स्थानका व्यक्तिहरुको भारी सहभागी रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here