बारा ११ चैत ।
बाराको जीतपुरबाट प्रहरीले १२ किलो गाँजासहित एक महिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले जीतपुरको टेडा रोडबाट १२ किलो गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा जिराभवानीपुर गाउँपालिका वडा नं.४ बस्ने ५० वर्षकी मिना देवी रहेकी छिन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर, टेढा रोडमा प्लास्टिकको जेब्रा झोलाभित्र गाँजा लुकाई पटेर्वा सुगौलीतर्फ जान अटो कुरी रहेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेकी मिना देवीलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here