रौतहट ८ चैत ।
बारामाको आदर्श कोतवाल गाउँपालिकाको इनर्वामालमा ना ८ ख ३४५६ नम्बरको टिपरको ठक्करले एक जना ७ बर्षिय बालिकाको घट्ना स्थलमै मृत्यु भएको छ भने बालिकाको बुवा गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । शनिबार राति करिब ७ बजे को समयमा आफ्नो घर रौतहटको सितलपुर बाट कलैया तर्फ जादै गरेको बि आर ०५ के ०९६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिदा रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा न २ सितलपुर निवाशी अजय यादवको ७ बर्षिय छोरी आकृति यादवको घटना स्थलमै मृत्यु भएको र घाइते अजय यादवको अहिले बि एन बि होस्पितल काठमाडौँमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता डिएसपी गौतम मिश्रले बताउनु भएको छ ।
मोटरसाइकल र टिपरलाई नियन्त्रणमा राखिएको र टिपर चालको खोज तलास भईरहेको प्रवक्ता मिश्रले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here