सप्तरी ६ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट अवैध लागु औषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१४ रम्पुरा मल्हनियाबाट अवैध लागु औषध सहित जिल्लाको राजविराज नगरपालिका वडा नं.१ निवासी रमेश कुमार दासलाई पक्राउ गरेको हो । पक्राउ परेको दासको संगबाट लेजिसिक ५१ एम्पुल, फेनारगन ५१ एम्पुल, डाइजेल्याब ५१ एम्पुल सहित जम्मा १ सय ५३ एम्पुल लागु औषध बरामद गरिएको छ । यता पक्राउ परेको दास उपर लागु औषध मुद्दा गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here