चैत ०४ एजेन्सी । भारतविरुद्धको टी-२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डले ८ विकेटले विजयी भएको छ ।जोस बटलरको उत्कृष्ट प्रदर्शनमा सहज जित हात पार्दै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले १८.२२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।इंग्ल्यान्डको जितमा जोस बट्लरले सर्वाधिक ८३ रन बनाए । उनले ५२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ८३ रन बनाए ।

यस्तै जोनी बेयर्स्टोले २८ बलमा ५ चौकासहित अविजित ४० रन बनाए । डाविड मालन १८ र जासन रोय ९ रन बनाएर आउट भए ।भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै सर्वाधिक ७७ रन बनाए । उनले ४६ बल खेल्दै८ चाैका र ४ छक्का प्रहार गरे ।यस्तै ऋषव पन्तले २५, हार्दिक पाण्ड्याले १७ र रोहित शर्माले १५ रन बनाए ।

इंग्ल्यान्डका मार्क उडले ३ र क्रिस जोर्डनले २ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here