काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–२, आम बगियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–१ का २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको हो ।

गए राति करिब सवा २ बजे से२प ६९ ५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आज बिहान साढे ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here