रौतहट, २ चैत्र ।
रौतहट जिल्लामा जिल्ला जनगणना कार्यालयको आज जिल्ला हुलाक कार्यालय हाता भित्र स्थापना गरिएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज एक कार्यक्रमका बीच जिल्ला जनगणना अधिकारीको कार्यालयको स्थापना गर्नु भएको छ । जिल्ला जनजणना अधिकारीको जिम्मेवारी पाउनु भएका जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवले उक्त कार्यक्रमको स्थापना समारोहमा मेरो गणना मेरो सहभागिता भन्ने नारालाई चरितार्थ पार्न सम्पूर्ण रौतहट बासीलाई अनुरोध गर्नु भएको छ ।
जिल्ला जनगणना अधिकारीको स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादव, प्रहरी प्रमुख सिद्धि बिक्रम साह, अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरी रौतहटका प्रमुख लगाएत दर्जनौ व्यक्तिको उपस्थितिमा जिल्ला जनगणना अधिकारीको कार्यालयको स्थापना गरिएको जिल्ला हुलाक कार्यालय रौतहटको प्रमुख देवनाथ यादवले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here