रौतहट,२ चैत्र ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आफना मातहतका बढुवा भएका प्रशासन तफका प्रहरी हवलदार तथा प्रहरी सहायक निरिक्षकहरुको दज्र्यानी चिन्ह सुशोभन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गौरले आफनै कार्यालयमा प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७७।१२।०१ गतेको पत्रले प्रशासन तर्फको प्रहरी हवलदार पदबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नती तथा पदस्थापन भएका प्रहरी कर्मचारी जुनियर प्रहरी अधिकारीहरुलाई जिल्ला प्रहरी कार्यालय, रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शिद्धी विक्रम शाहले दज्र्यानी चिन्ह सुशोभन गर्दै कार्यक्रम सम्पन्न गरेको छ ।


प्रहरी प्रमुख शाहले सोही अवसरमा बढुवा हुनु भएका प्रहरी सहायक निरिक्षक तथा उपस्थित प्रहरी कर्मचारीहरुलाई अमुल्य निर्देशन समेत दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here