रौतहट, २ चैत्र ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको लक्ष्मीनिया जटहारामा रहेको विधालयमा निर्माण हुन लागेको पक्की भवनको नगरपालिकाका मेयर सन्तोष कुमार मेहताले शिलान्यास गरेका छन् ।
जटहरामा रहेको श्री शंकर प्राथमिक बिद्यालयमा बिधायार्थिहरुलाई पढ्नपाढनका लागि कक्षा कोठाको अभाव भएको गुनासो आए पछि ईशनाथ नगरपालिकाका मेयर मेहताले २ कोठे नयाँ भवन निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच शिलान्याश गर्नु भएको हो ।
करिब १६ लाखको लागतमा निर्माण हुन लागेको श्री शंकर प्राथमिक बिद्यालयको २ कोठे नयाँ भवन निर्माण पश्चात बिधयालयको बिधार्थीहरुलाई पठन पाठनमा सजिलो विश्वास मेयर मेहताले गरेको छन् । शिलान्यास कार्यक्रममा सहभागी भएकी उपमेयरले आफुहरुले शिक्षालाई मुख्य प्राथमिकतामा राखेको बताउनु भएको हो ।
विधालयको भवन शिलान्याश कार्यक्रममा वडाअध्यक्ष समाजका भद्र भलादमी सरोकारबालाका साथै नगरपालिकाको कर्मचारी, शिक्षक एवम शिक्षिका लगायत अन्यको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here