रौतहट २९ फागुण ।
रौतहटको माधव नारायण नगरपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत माधव नारायण नगरपालिकाको वडा नम्बर ५ मिठुअवामा डोम समुदायको लागि लागि पकी घर बन्ने भएको छ । प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पकी घर बनाउन शुरु गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का आठौ जिल्लामा बसोबास गर्ने दलित अति बिपन्नमा पर्ने मुसहर, र डोम जातीहरुको लागि सो भवन निर्माण गर्न लागिएको हो । एक कार्यक्रम बिच रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ सांसद एवं कृषि राज्य मन्त्रि योगेन्द्र राय यादवले माधव नारायण नगरपालिकाको वडा न ५ मिथुअवामा ११ वटा घर डोम बस्तीको लागि शिलान्यास गर्नु भएको । उक्त शिलान्यास कार्यक्रममा माधव नारायण नगरपालिकाको नगर प्रमुख बिरेन्द्र यादव उपप्रमुख सिमल कुमारी साह र वडा न ५ को वडाअध्यक्ष जमिलकटर मन्सुरी लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here