सर्लाही २५ फागुण ।
सर्लाहीको हरिपुर नगरपालिकाले २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरूलाई विश्व नारी दिवसका दिन सोमबारदेखि पाँच हजार रुपैयाँ नगद प्रोत्साहन स्वरूप दिन सुरु गरेको हो ।
पहिलो दिन २१ युवतीबाट सुरु गरिएकोमा यो कार्यक्रम नगरभित्रका दुई सय ८० युवतीलाई नगदसहित सम्मान गरिने नगरपालिकाका मेयर जमिरुदिन मन्सुरले जानकारी दिनुभयो ।

सानै उमेरमा हुने बालविवाह अन्त्य गर्न र नगरभित्रको शैक्षिक अवस्थामा सुधार ल्याउन कार्यक्रम सुरु गरिएको मेयर मन्सुरको भनाइ छ ।

सानै उमेरमा विवाह हुँदा पढाइ छुट्नेदेखि स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले नगरपालिकाले अर्थिक वर्ष २०७७र०८८ को नीति तथा कार्यक्रमबाटै २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेकाले यो कार्यक्रमलाई आउँदो योजनामा समेत लागू गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले जानकारी दिनुभयो । तराईका जिल्लामा २० वर्ष नपुगी विवाह गर्ने र बीचमा पढाइ छोड्ने युवतीका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने र बालविवाहमा समेत कमी आउने कार्यक्रममा सहभागी पूजा साहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here