रौतहट २१ फागुण ।
रौतहट जिल्लाको गढिमाइ नगरपालिकाको सम्पूर्ण विधालयहरु एक दिनका लागि बन्द गरिएको छ । सो नगरपालिकामा संचालनमा रहेको श्री प्राथमिक विधालय धोबीनीया गढिमाइ वडा नम्बर ८ मा प्रधानाध्यापक पदमा कार्यरक्त रहनु भएका प्रा।वि। द्धितिय श्रेणीको शिक्षक महेन्द्र प्रसाद यादवको बिहिबार अकल्पनिय निधन भएको छ ।

सो स्थानिय तहको शिक्षा क्षेत्र नै शोकमा डुबेको बेलामा दिवंगत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शुक्रबारका दिन विदा दिइएको हो । शुक्रबार सो नगरपालिकाको सम्पूर्ण विधालयहरुमा श्रद्धाञ्जली सभा तथा मौन धारण गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव द्धारा हस्ताक्ष्रित सूचनामा उल्लेख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here