रौतहट २० फागुण ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा न. ४ मा बसोबास गर्दै आएका २६ जना महिला लाई आत्मनिर्भर बनाउन सिलाई बुनाई तालिम दिन शुरु गरिएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ को बिनियोजित बजेत बाट सामाजिक बिकासको लागि सिलाई बुनाई तालिम दिन शुरु गरिएको हो । सो तालिमको उदघाटन गर्नु हुदै ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब डोलेन्द्र निरौलाले महिलाहरुको क्षमता बिकास र स्वरोजगार बनाउन सके मात्र सम्बृद्ध समाज बन्ने बताउनु भयो । उहाले वडाको बजेट बाट महिला लाई सीप मात्र हैन साधन समेत उपलब्ध गराएर उधमशिलता बनाउन लागेको भन्दै प्रशंसा गर्नु भयो ।

सोही कार्यक्रममा गुञ्जन एफएमका स्टेशन म्यानेजर संजय कार्कीले आयमुलक कार्यमा महिलाहरुको भुमिका रहने हो भन्दै समाजमा अपराधजन्य कार्य र घरेलु हिसामा कमी आउने बताउनु भयो । यस्तै जनएकता सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रामजी तिमल्सिनाले सिलाई बुनाई तालिमले महिलाहरुको आर्थीक स्तर उकास्न मद्धत पुग्ने बताउनु भयो । सोही कार्यक्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछाने, वडासदस्य प्रेम बहादुरको आतिथ्यता रहेको थियो । वडाअध्यक्ष अमर आले मगरको सभापतित्वमा भएको सो कार्यक्रममा वडासचिब अजिता शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो । चन्द्रपुर नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख चन्द्रकला बरालले कार्यक्रम संचालन गर्नु भएको थियो । चन्द्रपुर नगरपालिकाको ४ नम्बर वडाअध्यक्ष अमर आलेले लक्षित र बिपन्न बर्गका समुदायको लागि आयमुलक कार्यक्रमको लागि तालिम संचालन गर्ने लक्ष्य वडा समितिले लिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here