रौतहट १३ फागुण ।
रौतहटको चन्द्रनिगाहपुरमा घरघरमा धान कुटाउनेको माग बढुन थालेको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा एक कल फोन गरेमा धान कुटाउने मिलसहित घरमा नै पुगेर स्थानियको धान कुटाउने गरेका छन ।
प्रविधिको विकासँगै अब घरघरमा नै धान कुटाउन थालेपछि स्थानिय सेवाग्राही खुशी भएका छन भने मिल ब्यावसायी मारमा परेका छन ।
भारी बोकेर चन्द्रनिगाहपुर बजार वा चोकमा धाउनु पर्ने बाध्यता हटेको चन्द्रपुर ६ थोकर टोलका विर बहादुर लामाले बताउनु भयो ।
मिलमा धान पिसान कुटान गर्दा प्रति किलो १ रुपिया ५० पैसा लाग्ने र घरमा नै कुटान गर्दा भने २ रुपिया ५० रुपिया लाग्ने गरेको उहाले बताउनु भयो ।
मिलमा नै कुटान गर्न लैजादा केही सस्तो भएतापनि समयको बचत नहुने र घरमा नै कुटान गर्दा झन्झटबाट मुक्त हुने हुदा आफुहरुले घरमा नै फोन गरि बोलाउने गरेको उनीहरुल बताएका छन । ट्याक्टरको टेलरमा नै मिल सेटिङ गरेर घर घरमा नै आफुहरुले सेवा दिने गरेको सञ्चालकले बताएका छन ।








