रौतहट १२ फागुण ।
रौतहटको वृन्दावन नगरपालिमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।

रौतहटको वृन्दावन नगरपालिकाको वडा नम्बर ८ आँकड पाथर टोलमा सो दुर्घटना भएको थियो । गाडी नम्बर ना ६ ख ७२८२ को ट्रकले साइकिल यात्री वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी शम्भु पासवानको अन्दाजी वर्ष १८ का राधेश्याम पासवान स्थानिय ताज इट्टा उधोगमा काम गर्न गइरहेको बेला दुर्घटनामा परेको प्रहरी जनाएको छ ।

साइकिल चलाएर इट्टा उधोगमा गइरेका पासवान लाइ पछाडि बाट तिव्र गतिमा आइरहेको सो ट्रकले किचि दिइएको र ट्रक ड्राइभरले मादक पदार्थ सेवन गरि गाडी चलाएकोले अनियन्त्रित भइ दुर्घटना भएको स्रोतले जनाएको हो ।

घाइतेहरुको उपचार विरगंग स्थित नर्भिक अस्पतालमा भइरहेको र अवस्था नाजुक रहेको पारिवारिक स्रोतले जनाएको हो । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको इप्रका गरुडाले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here