अखिलेश कुमार यादव । रौतहट।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ९ ब्रहम्पुरी स्थित बागमती नदीमा माछा मार्न गएको ४ जना बालक माध्य एक जनाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जितन महाराको १० बर्षको छोरा रहेको प्रहरीले जनाएको छ । त्यस्तै २ जना बालकको जिवितै उदार गरिएको छ भने एक जना बालक अझै बेपता रहेको छ ।
वेपत्ता हुनेमा जगु पासवानको ९ बर्षको छोरा रहेको स्थानीय समाजसेवी नबिन सिंहले प्रहरीलाई उदृत गर्दै जानकारी दिएको छ ।
मृतक बालकको शवलाई पोस्ट म्यार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ ।बेपता रहेको बालकको खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ । घटनाको ठप्प विवरण अझै आउँ बाकि रहेको छ ।








