रौतहट १०,फागुण ।
रौतहटमा मेयर कप च्याम्पियनसिप २०७७ को क्रिकेट प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता र उप मेयर किरण ठाकुरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ।

गौर नगरपालिकाको राइसमिल प्राङ्गणमा आजदेखि सुरु भएको प्रतियोगितामा गौर नगरपालिकाका सबै वडाका टिम ले खेल्ने छन् ।

रौतहट जिल्ला क्रिकेट संघले हरेक वर्ष नगरपालिकाका वडाहरुको टिमहरुलाई सहभागी गराएर प्रतियोगिता आयोजना गर्ने गर्दछ ।सोहि अनुसार गौर नगरपालिकाका वडा १ र २ गरि कुल ९ टिम सहभागी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here