बारा ९ फागुण ।
बारामा म्याजिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कलैया वीरगञ्ज सडक खण्डमा आइतबार दुर्घटनामा परी प्रसौनी गाँउपालिका ५ प्रस्टोका निवासी अन्दाजी ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो ।

कलैया उपमहानगरपालिका ३ स्थित अस्थाई ट्राफिक प्रहरी कार्यालय अगाडि कलैयाबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ८८३९ नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट आउँदै गरेको ना ४ प ५१२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवका अनुसार दुर्घटनामा परी आइतबार बिहान साबा ११ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते चौधरीलाई कलैया अस्पताल लगिएको थियो ।

घाइते चौधरीको उपचारको क्रममा उनको ज्यान गएको उनले बताए । मोटरसाईकलाई ठक्करदिने म्याजिक भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here