रौतहट २७ माघ ।
रौतहटबाट प्रतिनिधि सभा सदस्य समिना हुसैन प्रधानमन्त्री केपी शर्मा ओलीको समुह छाडेर प्रचण्ड–माधव पक्षमा फर्किनु भएको छ । नेकपाका नेतृ हुुसेनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको प्रति आपति जनाउनुभएको छ ।


ओलीले गैर संबैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन जस्तो प्रतिगमनकारी कदम चलाएपछि सिङ्गो राष्ट नै संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिएको बताउनुभएको छ ।


मंगलबार एक प्रेस बिज्ञाप्ती जारी गर्दै उहाँले केपी ओली गुटले विभिन्न भ्रम सिर्जना गरि म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरेको उल्लेख गर्नुभएको छ ।
बिज्ञाप्तीमा यस्ता किसिमको भ्रमलाई चिर्दै ओलीको असवैधानिक, अलोकतान्त्रीक कदमका बिरुद्ध चालिएका आन्दोलनमा सहभागी हुन र सत्ताको कुनै किसिमको प्रलोभनमा नफस्न अपिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here