रौतहट २६ माघ ।
रौतहटको गुजरा नगरपालिकाको नगर सभा हलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
सिमरा भवानीपुरमा रहेको नगर कार्यालय सँगैको खाली जग्गामा सोमबार एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख सन्तलाल चौधरीले सभा हलको शिलान्यास गरेका छन् ।
३९ लाख ७० हजारको लागतमा निर्माण हुन लागेको सभा हलमा जिल्ला समन्वय समितीको १८ लाख ६० हजारको लागत साझेदारी रहेको र यसै आर्थिक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने इन्जिनियर प्रविन चौधरीले जनाएका छन् ।


सम्पन्न उक्त शिलान्यास कार्यक्रममा नगर उप प्रमुख रौशन खातुन शेख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here