रौतहट २७ माघ ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहाले ढल निर्माणको सिलान्यास गरेका छन ।
हिजो मंगलवार एक समारोहका बिच ब्रहमणद्धारा मन्त्रोचारण पश्चात नगर प्रमुख कुश्वाहाले ढलको सिलान्यास गरेका हुन ।

कुल ५६ करोड ५६ लाखको टेण्डर आव्हान भएको आयोजनाको सिलान्यास पछी नगर प्रमुख कुश्वाहाले कटहरियाबासीले स्वच्छ खानेपानीका साथै बाताबरण समेत सफा पाउने बताएका छन।
तेस्रो सानासहरी तथा खानेपानी आयोजना अन्तरगत नेपाल सरकारको ८५ प्रतिसत र कटहरिया नगरपालिकाको १५ प्रतिसत लगानीमा आयोजना पुराहुनेनगर प्रमुख कुश्वाहाले जानकारी दिएका छन ।
साबीक कटहरिया गाबिस हाल कटहरिया नगरपालिका वडा ४ र ५ मा गरी कुल १४ किलोमिटर चारसय मिटर लामो ढल निर्माणहुने छ ।

ढल निर्माण पछी उक्त वडाका १६ सय परिवार लाभान्वित हुने अथवा ढलबाट घरको फोहरपानी तथा बर्षाको पानी सहजरुपमा ब्यवस्थापनहुने खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले जानकारी दिएका छन ।
आश्रय जेबी निर्माणसेवाले घटाघट प्रकृया अनुसार कुल ३४ करोडमा टेण्डर लिएको तथा १८ महिनामा निर्माण पुरागर्ने सहमती भएको अध्यक्ष साहले बताएका छन ।

सिलान्यास समारोहमा नगर प्रमुख सियाराम कुश्वाहा ,अध्यक्ष योगेन्द्र साहका साथै सानासहरी खानेपानी आयोजनाका निर्देशक रामकुमार श्रेष्ठ, उपनिर्देशक टिका चौधरी, लेखा उपसचिव पदम बहादुर कुँअर, टिमलिडर ईन्द्र पौडेल,कन्ट्क्ट मेनेजमेन्टअनिल यादव,वडा ५ का अध्यक्ष सर्फलाल गुप्ता, नवल मुखिया, राजकुमार मुखिया,बिजय यादव, नेकपा नेता बिनोद साह, लगायतको सहभागिता रहेको थियो








