काठमाडौँ २३ माघ ।
देशभरका प्रयोगशालामा २ हजार ७९९ जनाको नमुना परीक्षण गर्दा ४८ जना महिला र ५७ जना पुरुष गरी कुल १०५ जनामा संक्रमण पुष्टि भएको हो
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा २ हजार ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा थप २७२ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ६७ हजार ५६४ जना कोरोनमुक्त भएका छन् । हाल २१ सय ८ जना आइशोलेशनमा र ९२ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २० लाख ८८ हजार ३७२ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनकारी लिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here