रौतहट, २२ असोज ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. २ का अध्यक्ष, रौतहट क्षेत्र नं.३ का सांसद एवम पूवमन्त्री प्रभु साह प्रदेश नं.२ सरकार र स्थानिय सरकार राज्यकोषको रकम भागबण्डामा आरोप लगाउनु भएको छ ।
दशै, दिपावली तथा छठ पर्वको अवसरमा बुधवार रौतहटको कटहरयिा नगरपालिकाको कटहरियामा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पुर्वमन्त्री साहले प्रदेश सरकार र स्थानीय तहको काम कारवाही र शैलीबाट जनता खुसी नरहेको टिप्पणी प्रदेश र स्थानीय तहले काम गर्ने शैली फेर्न सुझाव दिनु भएको छ ।
उनले भने, “प्रदेश र स्थानीय तहले पूर्ण रुपमा सक्रिय हुन सकेको छैन । थोरै काम भए जस्तो देखिए पनि जुन रुपमा अगाडि बढिरहेको छ त्यो संतोषजनक छैन ।
हिजोको दिनमा बिकसित भनिएका क्षेत्र आज पछाडी परेको छ । जितेका जनप्रतिनिधिहरु आफ्ना वाचा भुल्न थालेपछी कसरी समृद्धिको यात्रा पूरा हुन सक्छ ? सांसद साहले प्रश्न गरेका थिए । त्यसैले म आग्रह गर्न चाहन्छु कि जनप्रतिनिधि शासक हैन बदलावको अभियन्ता बनेर जनताको सेवामा लाग्नुपर्छ ।“अध्यक्ष साहले थपे, “प्रदेशमा हेर्नुभयो भने मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री लगायतले हैसियत अनुसार राज्यकोषको भागबन्डा गरिरहेका छन् ।
स्थानीय तहमा मेयर, उपमेयर, वडाध्यक्षले गरिरहेका छन । यसरी जुन राज्यको सम्पत्तिलाई निजी बनाउने काम भइरहेको छ यो राज्यलाई लुट्ने र जनतालाई नाखुस बनाउने काम मात्र हो।
प्रदेश सरकारले प्रदेशवासीको अपमान गरिरहेको जीकिर गर्दै पुर्वमन्त्री साहले थपे हिजो अपमानित थियौं र सम्मानका लागि लड्यौँ । तर प्रदेश २ सरकारले झन बदनाम गर्न तत्पर देखिन्छ ।
निर्वा्चित जनप्रतिनिधिहरु जनताको भावनालाई बुझेर यो धर्तीको बिकास गर्न र यसको सम्मान बढाउन लाग्नुपर्दछ । यदि यो धर्तीको इज्जत बढाउन सक्दैन भने बेइज्जत गर्ने छुट पनि छैन ।
कार्यक्रममा संघिय सांसद समिना हुसैन, प्रदेश सांसद कुन्दन कुश्वाहा, नेकपा प्रदेश कमिटि सदस्य रजिउदिन आलम, त्रिभुवन साह, वहिद अन्सारी, मौलापुर नगरप्रमुख रिना कुमारी साह लगायतले प्रदेश सरकारले ईमान्दारी साथ विकासमा लाग्न जिकिर गरेका थिए ।